Online News

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

203

काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो ।

आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रणले जनाएको छ । परीक्षा नियन्त्रणले चार सय फाराम शुल्क तोकेको छ । साथै तोकिएको समयमा फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने छन् ।

यसैगरी आगामी माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्ने बोर्डले जनाएको छ । त्यस्तै कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै अतिरिक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले समेत अनिवार्य रुपमा आफूले अध्ययन गर्न चाहेको विषय रजिष्ट्रेशन फाराममा उल्लेख गर्नुपर्ने छ ।

बोर्डका अनुसार रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने छ ।

Comments are closed.