Online News

पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

216

काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा चा जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ । यसैगरी देशमा हालसम्म सात हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार २६२ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Comments are closed.