Online News

प्रसाद २ मा बालकलाकार ढकालको बेजोड प्रस्तुती

221

प्रकाश अधिकारी

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा नयाँ कालाकारहरु आउनेको भिड नै देखिने गरेको छ । यसैगरी प्रसाद २ मा पनि नयाँ बलाकलाकार उपेश ढकालको शसक्त अभिनय देख्न पाइने भएको । उनी बागबजार स्थित रोयल पब्लिक स्कुलमा कक्षा ६ मा अध्यनरत रहेको छ । उनीलाई कलाकार बन्ने रहरले गर्दा टेलिसिरियर, म्युजिक भिडियो हुँदै चलचित्रमा समेत अभिनय गर्न भ्याइ सकेको छन् । उनको यो यात्रा धेरै लामो समय भएको छैन । भनिन्छ चलचित्रमा खेल्न कि त पैसा चाहियो कि त लामो समय सम्म संघर्ष गर्नु पर्छ तर, बाल कलाकारका लागि यो दुवै लागु भएन किन भने उन अभिनय गर्न सक्ने क्षमता भएकाले नै उनलाई छोटै समयमा दर्शकहरुले प्रसाद २ मा देख्न पाएका छन् ।


उनीलाई आफुले चलचित्रमा कस्तो अभिनय गरेका छौं भन्दा, उनी भन्छन्– आफूले गरेको काम आफूलाई त राम्रो नै लाग्छ तर, दर्शकहरुले कसरी लिनु हुन्छ त्यसमा भर पर्छ । आफ्नो अभिनय दर्शकहरुले मनपराई दिनु भएको छ, आगामी दिन यो भन्दा पनि राम्रो अभिनय गर्ने प्रयास गर्दै जाने छु ।


चलचित्र हेरेर निस्कने दर्शकहरुको भनाई अनुसार पनि चलचित्रमा बालकालाकारको भूमिका शसक्त रहेको बताइ रहेको छन् । फिल्म ‘प्रसाद २’ २०८० वैशाख १५ गते शुक्रबार रिलिज भएको छ । यससँगै चैत २४ गतेकै मिति तोकिएको उक्त फिल्मको रिलिज अनिश्चित भएको थियो । तर वैशाख १५ गतेदेखि रिलिज भएको छ । यस वर्षको सुरुवात नै नेपाली फिल्मबीचको भिडन्तबाट भएको थियो । बैशाख १ गते ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ रिलिज भएका थिए । यो भिडन्तमा ‘जारी’ व्यापार र प्रतिक्रिया दुवैमा अब्बल निस्कियो । एक हप्ता सलमान खानको फिल्मलाई छाडेपछि फेरि यो हप्ताको शुक्रबारबाट तीन नेपाली फिल्म ‘कैदीको पत्र’, ‘नाइँ नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ सार्वजनिक प्रदर्शनमा आएका छन् । सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, बाल कलाकारमा उपेश ढकालको शसक्त अभिनय रहेको छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु छ । पात्र मात्र परिवर्तन छन् । यसै साता काठमाडौंमा भएको प्रिमियरमा फिल्मले उम्दा प्रतिक्रिया पाएको थियो । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।

Comments are closed.