Online News

भरतपुर महानगरपालिकाको मतगणनाको विवाद समाधान मतगणना सुरु

88

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद समाधान भएको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु गरिएको हो ।  मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको र क्रस चिन्ह प्रष्ट देखिने मतलाई मात्र सदर गर्नेगरी सहमति भएको जनाइएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद सुरु भएपछि महानगरको मतगणनास्थल मै सर्वदलीय बैठक बोलाइएको थियो ।

अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला मत गणना अवरुद्ध भएको हो । मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६, विजय सुवेदीले १८१४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

Comments are closed.