Online News

मिर्गौला बेच्न भारत लैजान खोजेको आरोपमा पक्राउ – लामा कारागार चलान

40

काठमाण्डौं/ आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई प्रलोभन देखाउँदै मानव बेचबिखन तथा ओसारपसार उद्योगमा संलग्न रहेकाे आराेप लागेका व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका ४ स्थित डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा कारागार चलान भएका हुन् ।

उनले एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी प्रलोभन देखाउँदै  मिर्गौला झिक्नको लागि भारत लैजाने क्रममा काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा ल्याई दुई व्यक्तिलाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

उनी मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा गत फागुन १६ गते पक्राउ परेका थिए । अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसपछि लामालाई कारागार चलान गरिएको हो । उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

Comments are closed.