Online News

राष्ट्रिय शक्ति निर्माणको अभियान : मिसन ग्रास रुट

गणेशसिंह ठगुन्ना
नेपाली जनताहरूले पटक–पटक ऐतिहासिक जनसंघर्षहरु मार्फत मुलुकलाई निरङ्कुश तन्त्रबाट मुक्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका छन् ।
राजनीतिक परिवर्तनको पाटोमा हामी सफल रहेतापनि आर्थिक विकासको क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनौँ । आर्थिक विकासको मेरुदण्ड उत्पादन वृद्धि र रोजगारी सृजनामा अपेक्षित प्रगति हुन नसकेको मात्र हैन झन् अधोगतितर्फ गइरहेको अवस्थाले मुलुकको अर्थतन्त्र दुर्घटनान्मुख रहेको छ ।
पञ्चायतकालमा स्थापना भएका केही उद्योगहरू समेत ०४८ सालमा सम्पन्न भएको आमनिर्वाचनबाट बहुमत प्राप्त दल नेपाली काँग्रेसले निजीकरण मार्फत आफ्ना कार्यकर्ताहरूलाई कौडीको भाउमा बिक्री गरेपछि उद्योग क्षेत्र धराशायी भएको छ ।
त्यसपछि खुलेका भनिएका उद्योगहरूमध्ये अधिकांश उद्योग उद्योग नभई कर छली गर्न र भन्सार छुट प्राप्त गर्न प्याकेजिङ र एसेम्ब्लिंग गर्ने कार्यालय मात्र रहेका छन् । जसको कारण हाम्रो देश भित्र रोजगारीका अवसर न्यून रहेको र लाखौँ नेपालीहरू पेट पाल्न विदेश जानुपर्ने अवस्था सृजना भएको छ ।
हामीसँग भएका प्राकृतिक स्रोतहरूको पहिचान र उत्खनन शून्य प्राय रहेको छ । कृषि प्रधान देश भनिए तापनि अर्बौँको कृषि उपज आयात गरी उपभोग भइरहेको छ ।
उद्योग व्यवसाय गर्न चाहने नागरिकहरूले बैंकबाट ऋण प्राप्त गर्न सक्ने अवस्था छैन भने आर्थिक मन्दीका कारण व्यवसाय चौपट भएका छन् । देशमा यस्तो गम्भीर परिस्थिति सृजना भएको छ, तर सरकारमा रहेका दलहरू सत्ताको भागबण्डामा रमाइरहेका छन् ।
विकास निर्माणमा बजेट न्यून विनियोजित भएको छ वा भएको बजेट पनि खर्च भए को छैन । तर साधारण खर्चमा असाधारण वृद्धि भएको छ र उत्पादन वृद्धि गर्न कुनै विशेष कार्यक्रमहरू छैनन् तर वितरणमुखी थुप्रै कार्यक्रमहरू छन् र लगातार घोषणा भइरहेका छन् उदाहरणको लागि अयोग्य भनिएका लडाकुहरूलाई अनुदान उपलब्ध गराउने भर्खरै सरकारले गरेको निर्णय ।
राजस्व संकलन न्यून रहेको छ, वहुवर्षिय योजनाहरूको लागि बजेट अभाव भएको छ । अझ डरलाग्दो अवस्था त के छ भने सरकारले आगामी आ.व. को बजेट सिलिङ्ग समेत घटाएको छ । बैंकहरुमा संकट उत्पन्न भएको छ ।
उद्योग व्यवसाय गर्न चाहने नागरिकहरूले बैंकबाट ऋण प्राप्त गर्न सक्ने अवस्था छैन भने आर्थिक मन्दीका कारण व्यवसाय चौपट भएका छन् । देशमा यस्तो गम्भीर परिस्थिति सृजना भएको छ तर सरकारमा रहेका दलहरू सत्ता को भागबण्डामा रमाइरहेका छन् ।
महिनौँसम्म मन्त्रालय मन्त्रीविहीन भएका छन् तर सत्तासीन दल र तिनका नेताहरूलाई यसमा कुनै चिन्ता र चासो छैन । देशलाई संकटको यस भुमरीबाट पार लगाउन कुनै विशेष नीति र योजना सरकार सञ्चालन गर्ने दलहरूसँग छैन ।

विचार र कार्यक्रमविहीन गठबन्धनमा आबद्ध दलहरूलाई पनि जनताले अस्वीकार गरिदिए र महागठबन्धनका बाबजुद उनीहरूले पनि बहुमत प्राप्त गर्न सकेन जसको कारण आज को परिस्थिति निर्माण भएको छ ।उनीहरू त केवल सत्ताको भागबण्डा, मालदार मन्त्रालयमा होडबाजि र राज्य को दोहन कसरी गर्न सकिन्छ र देश कंगाल भएपनि आफू कसरी सम्पन्न हुने भन्ने प्रतिस्पर्धामा लडिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र मधेसवादी दलहरु त स्वाभाविक रूपले नै आफ्नो नीति, विचार, इतिहासलाई त्यागेर सत्तालाई प्रमुख सिद्धान्त मानी सकेका पार्टीहरू यस खेलमा निरन्तर लागि रहनु जनताको लागि अनौठो रहेन तर भर्खर जन्मिएको र जनतामा तीव्र महत्त्वाकाङ्क्षा जन्माएको राष्ट्रिय स्वतन्त्र पार्टी समेत यी परम्परागत दलहरूभन्दा अझ नाङ्गो ढंगले सत्ता स्वार्थमा लिप्त भएको छ । यसले जनतामा व्यापक नैराश्यता उत्पन्न भई विद्रोहका संकेत देखा परिरहेका छन् भने आर्थिक संकटका कारण देश असफल राष्ट्र हुने खतरा बढीरहेको छ ।
देशको परिस्थित गम्भीर हुनुको प्रमुख कारण राजनीतिक, कार्य क्रमिक र संगठनात्मक रूपले मजबुत पार्टीको नेतृत्वमा सरकार निर्माण नहुनु हो । अर्थात् मजबुत राष्ट्रिय शक्ति निर्माण नहुनाले आजको यो अवस्था सृजना भएको छ । यथास्थितिवादी बुर्जुवा राजनीतिक शक्ति र प्रगतिशील राजनीति शक्तिबीचको तीव्र ध्रुवीकरणले मात्र राष्ट्रिय शक्ति निर्माण हुन सक्दछ ।
राजनीतिक अस्थिरतालाई समाप्त गर्न नेकपा(एमाले) लाई बलियो राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्न र आगामी निर्वाचनमा नेकपा(एमाले) को एकल बहुमत प्राप्त सरकार निर्माण गर्न आधार तयार गर्न नेकपा(एमाले) ले सञ्चालन गरेको अभियान मिसन ग्रास रुट हो ।
वर्तमानमा नेकपा(एमाले) ले राष्ट्रियताको संरक्षण र जनजीविकासँग सम्बन्धित मुद्दाहरूमा लिएको अडानका कारण देशी विदेशी शक्तिहरूको डिजाइनमा दक्षिणपन्थी, उग्र पन्थी, अवसरवादी, सत्ता लोभी, साम्प्रदायिक सबै दलहरू एक कित्तामा उभिँदा र नेकपा(एमाले) भित्रका आफूलाई वामपन्थी भन्ने तर नेपाली काँग्रेसलाई बलियो बनाउने नीति लिएका केहि व्यक्तिहरूको फुटको कारण नेकपा(एमाले) गठबन्धनकाबीच एक्लै जनमतमा जानु पर्ने अवस्था सृजना भएकोले नेकपा(एमाले) ले बहुमत प्राप्त गर्न सकेन ।
विचार र कार्यक्रमविहीन गठबन्धनमा आबद्ध दलहरूलाई पनि जनताले अस्वीकार गरिदिए र महागठबन्धनका बाबजुद उनीहरूलेपनि बहुमत प्राप्त गर्न सकेन जसको कारण आज को परिस्थिति निर्माण भएको छ ।
०४८ साल देखि हाल सम्मको निर्वाचनमा नेकपा(एमाले) ले बहुमत को सरकार निर्माण गर्ने अवसर प्राप्त गरेको छैन । ०५१ सालमा नौ महिने अल्पमतको सरकार निर्माण गर्ने अवसर प्राप्त हुँदा आफ्नो गाउँ आफै बनाऊ अभियान, सामाजिक सुरक्षा कार्यक्रम, समानुपातिक विकासको अवधारणा, दलित, उत्पीडित समुदाय विकास कार्यक्रम, जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू एमाले कै नीति र नेतृत्वमा सुरुवात भई हाल सम्म कार्यान्वयन भइरहेका छन् ।
राष्ट्रको भौगोलिक अखण्डताको सुरक्षाको लागि, नेपालीहरूको स्वाभिमानको रक्षाका लागि, जाति, भेग सम्प्रदाय भन्दामाथि उठी नेपाल राष्ट्रको समृद्धि र नेपाली जनताको खुशियालिको लागि नेकपा(एमाले) लाई बलियो राष्ट्रिय शक्ति निर्माण आजको आवश्यकता हो । ०७४ सालमा १२१ सिट सहित नेकपा(एमाले) सबभन्दा ठुलो दल भए तापनि एकल बहुमत प्राप्त भएको थिएन तर पनि यातायात पूर्वाधार निर्माण, सबै पालिकाहरूमा ५,१० र १५ शय्या अस्पताल निर्माण , सबै पालिकाहरूमा प्राविधिक शिक्षा उपलब्धता, प्रत्येक पालिका केन्द्र जोड्ने कालोपत्रे सडक निर्माण अभियान, औद्योगिक क्षेत्र स्थापना कार्य शुभारम्भ , प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक पेन्सन कार्यक्रम (सामाजिक सुरक्षा कार्यक्रम), एक घर एक धारा कार्यक्रम, निर्वाचन क्षेत्र रणनीतिक सडक योजना जस्ता अत्यन्त लोकप्रिय र देशको समृद्धिमा दीर्घकालीन टेवा पु¥याउने कार्यक्रमहरू नेकपा(एमाले) को नेतृत्व मा सुरुवात भएका थिए तर विडम्बना नेकपा(एमाले) को सरकार विस्थापित भएपछि यी महत्त्वपूर्ण आयोजनाहरू कतिपय कटौतीमा परेका छन् भने कतिपय आयोजनाहरू बजेट न्यूनताको समस्यामा परेका छन् ।
राजनीतिक अस्थिरतालाई समाप्त गर्न नेकपा(एमाले) लाई बलियो राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्न र आगामी निर्वाचनमा नेकपा(एमाले) को एकल बहुमत प्राप्त सरकार निर्माण गर्न आधार तयार गर्न नेकपा(एमाले) ले सञ्चालन गरेको अभियान मिसन ग्रास रुट हो । यो अभियान देशव्यापी रूपमा जिल्ला, पालिका, वार्ड, टोल हुँदै घर–घरमा पु¥याउने लक्ष्य रहेको छ र शो अनुसार नै यो अभियान सफलताका साथ अगाडि बढिरहेको छ ।
आमजनताका भावनाहरू सुन्ने र पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरू आमजनतालाई बुझाउने र बहुसङ्ख्यक जनसमुदायहरूलाई यो अभियान मार्फत पार्टीमा गोलबन्द गर्ने यस अभियान को मूल कार्यभार हो ।
जनताले यो अभियान को व्यापक समर्थन गरिरहेका छन् र हरेक टोल बस्तीमा बहुसङ्ख्यक जनसमुदायहरू नेकपा(एमाले) मा गोलबन्द भइरहेका छन् । थरिथरिका नौटंकीबाज राजनीतिक दलहरूलाई मतदान गर्दा वाक्क दिक्क भएका जनसमुदायहरू एउटा बलियो राजनीतिक दललाई बहुमत का साथ सत्तामा पु¥याउन आतुर रहेका छन् ।
राष्ट्रको भौगोलिक अखण्डताको सुरक्षाको लागि, नेपालीहरूको स्वाभिमानको रक्षाका लागि, जाति, भेग सम्प्रदाय भन्दा माथि उठी नेपाल राष्ट्रको समृद्धि र नेपाली जनताको खुशियालिको लागि नेकपा(एमाले) लाई बलियो राष्ट्रिय शक्ति निर्माण आजको आवश्यकता हो ।

(ठगुन्ना नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुन् ।)

Comments are closed.