राष्ट्रपति रामचन्द्र पौडेलले गरे पदभार ग्रहण

२०७९ फागुन २९ गते 

नेपालको संविधानको धार ७१ बमोजिम पौडेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यसलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।पौडेलले पदभारअघि लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए । आजै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिएको छ ।