इलाम–२ र बझाङमा एमालेका उम्मेदवारलाई अग्रता कायमै रास्वपा र पहिचानवादीको हालत विजोग

काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिएका छन् ।

ताजा अपडेटअनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा छन् । उनीहरुबीच १००१ को मतान्तर रहेको छ । त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७८४ मत ल्याउँदा रास्वपाका मलिन लिम्बूले ५६१ मत पाएका छन् । हालसम्म ६ वटा वडाकाे मतगणना सकिएकाे छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले इलामको शहरी क्षेत्रको मत गणना सुरु भए पछि आफ्नो पक्षमा भोट ह्वात्तै बढ्ने आकलन गरेका छ भने पहिचावादीका उम्मेदवारले पनि कोर एरियाको पर्खाइमा रहेको बताएका छन् । इलाम–२ मा नेकपा एकीकृत समाजवादीलेको पनि हालत नाजुक अवस्थामा गुज्रीएको छ ।
यस्तै बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६७४ मतले अगाडि रहेका छन् । ७४०२ सदर मतमध्ये भण्डारीले २६३८ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९६४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १६८९ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९७४ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६० मत प्राप्त गरेका छन् ।

Comments (0)
Add Comment