ओलीमाथि आक्रमणको प्रयास

‘काठमाडौंबाट झापातर्फ जाँदै रहँदाखेरी भद्रपुर विमानस्थलबाट कार्यक्रम स्थलसम्म जानेक्रममा, कार्यक्रम स्थलमा पुग्नैलाग्दा कार्यक्रम स्थालभन्दा बाहिर बसेर हाम्रो पार्टीको अध्यक्षलाई बाहिरबाट होहल्ला गर्ने, कार्यक्रम विथोल्नका निम्ति अवाञ्छित गतिविधिहरु गर्ने र शान्ति भंग गराउने खाल्का गतिविधिहरु त्यहाँ भएका छन्,’– प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै गिरीले भने ।

आफूहरु शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने गिरीको दाबी छ । एमालेको नेतृत्व कार्यक्रममा सहभागी हुन जाँदै गर्दा ढंगामुडाको कोशिस भएको उनको दाबी छ ।