कञ्चनपुरको कृष्णपुरनपामा कांग्रेस महासमिति सदस्य लेखराज जोशीको सकृयता बढ्दो

काठमाडौं । मिसन २०८४ भन्दै सबै पार्टीहरु वडा स्तरबाट आफ्नो राजनीतिक करियर उकास्न लागि परेका बेला नेपाली कांग्रेस कञ्चनपुरका पुर्व जिल्ला सह–सचिब एब महासमिति सदस्य लेखराज जोशी पनि केही महिना एता सकृयता बढाउन थाल्नु भएको छ ।
नेपाली कांग्रेसले आगामी दिनको निर्वाचनलाई मध्यनजर गर्दै वडा, नगरका जनताहरुको समस्याको बारेमा निक्योल गर्न पार्टीका साथिहरु र जनाता माझ भेटघाट व्यस्त रहनु भएको उहाँ निकट स्रोतले नेपाल यात्रा न्यूजलाई बताएका छन् । बिद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिनु भएका लेखराज जोशी कृष्णपुर नगरपालिकामा भने निकै चर्चित नेता मानिदै आउनु भएको छ । जनतामाझ निकै चर्चित र पार्टीमा आफ्नो प्रभाब छाड्न सफल नेताको रुपमा उहाँलाई चिन्ने गरिएको छ । नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य समेत भई सक्नु भएका जोशी कंचनपुर क्षेत्र न २ का माननीय एवं पूर्वमन्त्री एनपि साउदका बिस्वासिला पात्रका रुपमा चिनिने गर्नु भएको छ । कांग्रेस महासमिति सदस्य जोशी अहिले पार्टीका सम्बन्धित वाड समितिका साथीहरु र नेबि संघका नेता चेत राज धिक्तलाई साथमा लिएर जनताको समस्या बुझ्न गाउँ र वडाहरुमा लागि पर्नु भएको छ । २ दशक लामो राजनीतिक जीवन बिताइ सक्नु भएका जोशी ६२÷६३ मा नेबि संघको तर्फ बाट कैलाली बहुमुखी क्याम्पसको स्वबियु सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछी कञ्चनपुर जिल्लाको जिल्ला सहसचिब देखि अहिले महासमितिह सदस्य हुनुहुन्छ । जोशीलाई कञ्चनपुर जिल्लामा लोकप्रिय, आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने खरो नेताको रुपमा परिचय बनाउन सफल हुनु भएको छ ।