उनले शुक्रबार बझाङ, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई उद्घाटन गरिने जानकारी दिए । उनले बझाङ, डोटी र डडेलधुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आकलन गरिएको भएपनि जाजरकोटमा क्षति आकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए।
“जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाई खुलेपछि खटिनेछ ।” उनले भने–“ लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम् भूमिका रहन्छ ।” मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। भीष्मकुमार भुसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुनर्निर्माण गति पाउनेमा जोड दिए ।
“स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौँ ।” कार्यकारी प्रमुख डा भुसालले भने–“ प्रारम्भ विन्दु डडेलधुराबाट भएको छ ।” त्यसैगरी डडेलधुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेलधुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रबलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताए ।