पशुपतिबाट सुरु गरे पाण्डे शौचालय सरसफाइ अभियान

काठमडौं । कैलालीको गोदावरी नगरपालिका घर भएका लोकराज पाण्डे ‘आगो’ले पशुपति मन्दिरस्थित शौचालय सरसफाइ गर्दै स्वच्छता अभियान सुरु गरेका छन् । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समिति संयोजक समेत रहेका आगोले बुधवार परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक स्थल सरसफाइ अभियान थालेका हुन् । ‘स्वच्छता नै जीवन हो’ भन्ने मूल नारा बनाएका उनले आज काठमाडौँ स्थित पशुपति क्षेत्र अन्तरगत रहेको शौचालय सरसफाइ गरेको बताएका छन् । यो सरसफाई भनेको गेटा विश्वविद्यालय स्थापनार्थका लागि दबाबका रुपमा समेत उनले लिएका छन् । सुदुरपश्चिम जिल्लाका विद्यार्थीहरुले डाक्टर पढ्नका लागि राजधनी तथा अन्य जिल्लाहरुमा जानु पर्ने बाध्यता समेत हटाउनका लागि गेटा विश्वविद्यालय स्थापना हुनु पर्ने माग राख्दै आएका छन् । यसमा सरकारले ध्यान दिएको छैन । उनलाई यो सरसफाइमा नेपाल विद्यार्थी संघका नेता चेतराज धिक्तले साथ दिएका छन् ।


अभियान अन्तरगत प्रत्येक बुधवार सार्वजनिक विद्यालय, मठ मन्दिरलगायत सार्वजनिक स्थलको जीवन रहुन्जेल सरसफाइ गर्ने आफ्नो योजना रहेको सुनाए । अभियानलाई देशव्यापी बनाउने समेत उनले सङ्कल्प गरेका छन् । उनले केही सामुदायिक विद्यालयहरूमा जादाखेरीमा त्यहाँ रहेका शौचालयहरू फोहर भएको देखेपछि यो अभियान सुरु गर्ने योजना बनाएको बताए। उनले अभियान अन्तरगत आवश्यक परेको खण्डमा शौचालयमा प्रयोग गरिने फिनाइल, ब्रस, बाल्टिन, डस्टविन लगायतका सामग्री पनि सहयोग गर्ने बताए । उनले हप्ताको बुधवार जुन ठाउँमा पुगेको भए पनि त्यहाँ नै सरसफाइ गर्ने बताए। अभियान निरन्तर चल्ने उनको दाबी छ ।

 

Comments (0)
Add Comment