शुक्रबार, कार्तिक २२, २०८२
- Advertisement -

- Advertisement -

शैलुङ गाउँपालिकाले तेस्रो वर्ष पनि काठमाडौंबाटै सेवा दिंदै

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -


काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकाले आफ्ना वडाका बासिन्दाको सुविधाका लागि काठमाडौंबाटै सेवा प्रवाह गर्न थालेको छ । काठमाडौंको भृकुटीमण्डपमा शिविर सञ्चालन गरेर व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणको सेवा दिइ रहेको गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठले नेपाल यात्रा न्युजलाई बताएका छन् । सुरूमा साउनको १८ गतेदेखि २३ गतेसम्म शिविर सञ्चालन गरे पनि सेवाग्राहीको चाप अनुसार अझै चार दिनसम्म सेवा प्रवाह गर्ने गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताएका छन् ।
शैलुङको स्थायी ठेगाना भएका व्यक्तिहरु अधिकांश काठमाडौंमा बसोबास गर्ने र कामको व्यस्तता, अशक्तता लगायतका विभिन्न कारणले गाउँमा पुग्न गाह्रो हुने भएकाले उनीहरुको सुविधाका लागि काठमाडौंमै अस्थायी शिविर सञ्चालन गरेर सेवा प्रवाह गरेको गाउँपालिकाको वडानम्बर ३ का अध्यक्ष बीरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पालिकाले १, ३, ६, ७ र ८ नम्बर वडाका सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । वडानम्बर १ का २००, वडा नम्बर ३ का १२०, वडा नम्बर ६ का १००, वडा नम्बर ७ का १०० र वडा नम्बर ८ का २५० जनाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताएका छन् । सेवा प्रवाहका लागि १६ जना कर्मचारी खटाइएको छ । ‘१६ जना कर्मचारीहरु खटाएर सात सय बढी व्यक्तिलाई सेवा दिएका छौं,’ गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव न्यौपानेले भने, ‘अझै ३०–४० जना जतिको काम बाँकी भएकाले चार–पाँच दिनसम्म सेवा जारी रहन्छ ।’ हिजोसम्म भृकुटीमण्डपबाट सेवा प्रवाह गरे पनि अब व्यक्तिको घर–घरमै पुगेर सेवा प्रवाह गर्ने उनले बताए ।


उनका अनुसार यसरी काठमाडौंमा बसोबास गर्नेहरुलाई लक्षित गरी सेवा प्रवाह गरेको यो लगातार तेस्रो वर्ष हो । यसबाट नागरिकहरु खुसी भएको पाएको उनले बताए । ‘कतिपय औषधि उपचार गरिरहनुपर्ने अवस्थाको हुनुहुन्छ । उहाँहरुलाई गाडी चढेर गाउँ आउजाउ गर्न गाह्रो हुने भएकाले काठमाडौंमै पुगेर सेवा दिन थाल्यौं,’ अध्यक्ष श्रेष्ठले भने । ‘कतिपय औषधि उपचार गरिरहनुपर्ने अवस्थाको हुनुहुन्छ । उहाँहरुलाई गाडी चढेर गाउँ आउजाउ गर्न गाह्रो हुने भएकाले काठमाडौंमै पुगेर सेवा दिन थाल्यौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘जनताको सेवा हाम्रो यो तरिका धेरैले मन पराउनु भएको छ ।’


- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...