
- Advertisement -

- Advertisement -
काठमाडौं । नेपाली चेलीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर रोल्पाली चेली फाउण्डेशनले यसपाली पनि तीजको दरखाने कार्यक्रम भव्यरुपमा दर खुवाएर सम्पन्न गरेको छ । सम्पूर्ण नेपाली चेलीहरुलाई सम्मान र प्रर्बद्धन गर्ने उद्धद्देश्यका साथ दर खुवाउने कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा पहिलो महिला सभामुख ओनसरी घर्ती रहनु भएको थियो ।

उक्त तीज कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने विभिन्न खाले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यस कार्यक्रमको अध्यक्षता रोल्पाली चेली फाउण्डेशनका अध्यक्ष यमुना केसी गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घर्ती रोल्पाली चेलीले तीज कार्यक्रम गरेर आफ्नो जिल्लालाई मात्र नभएर देशभरीका नेपाली चेतीहरुलाई हौसला समेत दिएको बताउनु भएको छ । यस्तो कार्यक्रमले गर्दा नै नेपालको धर्मसंस्कृति परम्परालाई निरन्तर दिन महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनु भएको छ । यस फाउण्डेशनले तीज कार्यक्रममात्र नभएको विभिन्न खाले सामाजिक र समाज सेवाका कार्यहरु समेत गर्दै आएकोमा यस फाउण्डेसनका अध्यक्ष सहित सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्नु भएको थियो । यस फाउण्डेसनले आज मात्र होइन आगामि दिनहरुमा समाज सेवाको कामलाई निरन्तर अगाडी बढाइ रहनु शुभकामना दिंदै मेरो क्षेत्रबाट गर्नु पर्ने सहयोग मैले गर्ने छु भन्ने विश्वास दिलाउँन चाहन्छु भन्नु भयो प्रमुख अतिथि घर्तीले ।

त्यसै गरी अतिथिहरुमा पूर्वमन्त्री जयपुरी घर्ती, माननीय राजन दाहाल, उद्योग वाणिज्यस महासंघका पूर्वअध्यक्ष भवानी राणा, समाज सेवी तथा पत्रकार राजन थापा लगायतका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई झन मनमोहक बनाएको थियो सांस्कृतिक कार्यक्रममले यस्ता खाले कार्यक्र फाउण्डेसनले यसपालीमात्र होइन प्रत्यक वर्ष गर्दैआएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कार्यक्रम गर्नु भनेको हाम्रो धर्म संस्कृति बचाउनु मात्र होइन, यो कायक्रम देखेर सबै चेलीहरुले अब हामीले पनि मनाउनु पर्छ भन्ने सन्देश समेत गएको बताएका छन् । कार्यक्रमको समापन मन्तव्य राख्दै फाउण्डेशनकी अध्यक्ष केसीले अब महिलाहरु चुलो चौकामा मात्र नभएर देश हाक्ने जिम्मेवारी लिन सक्नु पर्छ भन्दै अब हामी महिला दिदीबहिनीहरु पछाडि फर्केर होइन अगाडी डटेर लाग्नु पर्ने बेला आएको समेत बताउनु भएको छ । समाज सेवाको क्षेत्र लाग्ने उत्साहित गर्ने व्यक्तित्व भने मेरा आदणीय दाजु वरिष्ठ समाजसेवी तथा पत्रकार राजन थापा हुनुहुन्छ । उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथै अध्यक्ष केसीले यस्ता तीज कार्यक्रममात्र नभएर आफै जिल्ला रोल्पामा आफ्नै लगानीमा एउटा बृद्धाश्रम समेत सञ्चालन गर्दै आउनु भएको छ । एउटा विकट जिल्लामा जन्मेर पनि आफ्नो जिल्लामा मात्र नभर देशभरीनै आफूलाई चिनाउदै आउँनु भएको छ


- Advertisement -

