
- Advertisement -

- Advertisement -
काठमाडौं । मानिसको स्वास्थ्य सबै भन्दा ठूलो धन हो, त्यसमा मानिसका सबै अंगहरुमा रोग फैलाउने र रोगको समाधान गर्ने मुख्य पाटो भनेको मुख नै हो, त्यसमा पनि दाँत । दाँत र मुख सधैं सफा राख्ने हो भने ९९ प्रतिश रोगबाट आफै बच्न सकिन्छ भन्ने मुल भावका साथ स्थापना भएको ॐ समाज डेण्टल हस्पिटलले काठमाडौ चाबहिमा स्थापना भएको थियो । त्यसलाई विस्ता गर्ने क्रममा काठमाडौंका चावहिल, नैकाब, बनस्थलिमा आफ्ना शाखाहरु सञ्चालन गरिरहेको छ । यसै सन्दभमा ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौ शाखाका रुपमा ललितपुर जिल्लाको चापागाउँ दोबाटोमा स्थापना गरेको छ । स्वास्थ्य क्षेत्रमा लामो समय देखि सेवा दिदै आएको उक्त हस्पिटलले काठमाडौं उपत्यका बाहिर महोत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट आफ्नो सेवा दिदै आएको छ ।
ॐ समाज डेण्टल हस्पिटलको उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा प्रदान गरिएको थियो । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितको सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आएको सो हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेले बताउनु भयो । डा. घिमिरे भन्नुहुन्छ “मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र जगतका निम्ति प्रयोग गर्न सक्नु नै महत्त्वपूर्ण कुरा हो । तालि दिने र पट्काउनु अति महत्वपुरर्ण छ, यदि तालि प्राप्त भय पछि दुखि बनाउने सबै चिज समाप्त हुन्छन, अस्पताल खोल्नुको उद्धेस्य डाक्टर भएर होईन, विचार,सोचाई र मानव समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भने महत्वपुर्ण कुरा हो । संस्थापक एवं वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुवाश घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चलचित्र कलाकार संघका अध्यक्ष तथा चर्चित कलाकार मोहन निरौला, लङ्गिभिटी आयुर्वेदिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण शाही तथा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्काको विशेष आतिथ्य रहेको थियो भने ॐ समाज डेण्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता एवं समाजसेवी पत्रकार राजन थापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि निरौलाले दन्त स्वास्थ्यलाई बेवास्ता गर्ने पुरानो सोच तोड्दै अस्पतालले समाजमा नयाँ दृष्टिकोण स्थापित गरेको बताए । स्वास्थ्य भनेको सम्पत्ति हो, तर हामीले दाँतलाई स्वास्थ्यको मुख्य आधारका रूपमा हेर्ने बानी बसालेका छैनौँ। यो अस्पताल स्थापना हुनु भनेको हाम्रो सोच परिवर्तन गर्ने ऐतिहासिक कदम हो,” निरौलाले भने । दन्त स्वास्थ्य केवल अस्पतालको जिम्मेवारी होइन, समाजकै सामूहिक दायित्व हो । हरेक परिवार, विद्यालय र समुदाय यसमा सहभागी हुनुपर्छ ।
बरिष्ठ पत्रकार तथा समाजसेवी राजन थापाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने,’’दन्त स्वास्थ्य केवल अस्पतालको जिम्मेवारी होइन, समाजकै सामूहिक दायित्व हो । हरेक परिवार, विद्यालय र समुदाय यसमा सहभागी हुनुपर्छ ।” कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरौलाले विश्वमै महंगो मानिने दन्त चिकित्सालाई ॐ समाज डेण्टल हस्पिटलले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट प्रभावकारी सेवा दिँदै नेपाली समाजमा सर्व सुलभ सेवा प्रदान गर्दै आएको बताए । उनले ॐ समाजले स्वास्थ्य सेवासँगै समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने यस प्रकारका पहलहरू समाजका लागि उदाहरणीय भएको टिप्पणी गरे ।

सो अवसरमा समाजमा सकारात्मक सन्देश र जनचेतना फैलाउने कर्ममा अहोरात्र खटिरहने सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मान हुने पत्रकारहरुमा नन्दलाल खरेल, डि.बि.पराजुली, रामबहादुर सिंह, सरस्वती काफ्ले, राजकुमार हुँमागाई, जयराम बिडारी, शान्तिदीप रेग्मी, धनेश सार्की, शन्तोष पन्त, दिनेश कार्की, दिनेश लामिछाने, अमी कट्टेल, सम्झना प्रधान, शन्तोष तिवारी, सानुकाजी थापा, ढक बहादुर श्रेष्ठ, अनन्त के.सी., सुजन बुढाथोकी रहेका थिए ।
यसैगरी उक्त कार्यक्रममा सामाजिक अभियन्ता गोपि कार्की, मानवसेवा आश्रमका फाउण्डर कल्पना चापागाई, मन्जुश्री असाहय संरक्षण मञ्चकी अध्यक्ष मिना बस्नेत, रोल्पाली चेली फाउण्डेशनकी अध्यक्ष यमुना के.सी., राष्ट्रिय महिला मञ्चका केन्द्रीय अध्यक्ष तथा गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी लगायत सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।

- Advertisement -

