
- Advertisement -

- Advertisement -
नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीमा साह र गुरुङमाथि युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यानसमेत जाने गरी मुठभेड गराएको आरोप लगाइएको छ ।
नेविसंघले भने जाहेरी दर्ताका लागि २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र जाहेरी दर्ता नभएको खण्डमा आफूहरु सडकमा उत्रिने चेतावनी दिएर आएको बिष्टले बताए ।
यसअघि एमाले निकट अनेरास्ववियूले बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दिएको छ । ती जाहेरी जाँचबुझ आयोगमा पठाइने प्रहरीले बताएको थियो ।




- Advertisement -

