आइतवार, कार्तिक २४, २०८२
- Advertisement -

- Advertisement -

वेदकोट नगरपालिकालाई जिल्लामा प्रथम घोषणा, सम्मानसहित अभिनन्दन

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -


कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गरेको दशौं जिल्ला सभामा वेदकोट नगरपालिकाले उत्कृष्ट उपलब्धि हासिल गरेको छ। स्थानीय तह क्षमता स्वमूल्यांकन (LISA) तथा स्थानीय तह वित्तीय जोखिम मूल्यांकन (FRA)काे गुणस्तर परीक्षणमा वेदकोट नगरपालिकाले जिल्लाभरिका पालिकामध्ये प्रथम स्थान प्राप्त गरेको हो। कार्यक्रममा नगर प्रमुख भोजराज बोहराले आफ्नो विचार राख्दै स्थानीय शासन सुदृढीकरण, पारदर्शिता र जनउत्तरदायित्वका क्षेत्रमा निरन्तर प्रतिबद्ध रहँदै आएको उल्लेख गर्नुभयो।

उक्त उपलब्धिको सम्मानस्वरूप जिल्ला समन्वय समितिले वेदकोट नगरपालिकालाई सम्मानपत्र प्रदान गरी अभिनन्दन गरेको छ। सम्मानपत्र जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराकाे हातबाट नगर प्रमुख भोजराज बोहरा र उप–प्रमुखज्यूले संयुक्त रूपमा ग्रहण गर्नुभयो। यसका साथै, वेदकोट नगरपालिका वित्तीय व्यवस्थापनमा समेत आदर्श सावित भएको छ। यो नगरपालिका जिल्लाको सबैभन्दा कम बेरुजु (०.४८%) भएको घोषणा गरिएको छ। उत्कृष्ट प्रदर्शनका लागि प्रमुख बोहराले नगरका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा नागरिकप्रति आभार व्यक्त गर्दै अझ राम्रो शासन र विकासका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो।


- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...