Online News

अपाङ्गता भएका व्यक्तिमाथि सरकारको उदासिन, माग पुरा नभए विश्व समुदायलाई गुहार्ने चेतावनी

दिनेश कार्की
काठमाडौँ । सरकारसँगको सम्झौता कार्यान्वयन नभएपछि अपांगता अधिकारकर्मी दीपक भण्डारीले अनसन गरिरहेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि भण्डारी भोक हड्तालमा बसेका थिए । भोक हड्ताल तोडे पनि अहिले रिलेअन्सन बसिरहेका छन् । आफ्नो माग सम्बोधन भएसम्म यो अनसन जारी रहेन समेत जनाएका छ । स्पाइनल कर्ड नामक अपांगता भएका व्यक्तिहरुलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्थाको लागि मन्त्रालय र अपांगता भएका व्यक्तिको समूहबीच चैत १४ गते सहमति भएको थियो । उक्त सहमति एक महिना भित्रसमेत कार्यान्वयन नभएपछि पुनः अनसन बस्न बाध्य भएको भण्डारी बताउँछन् ।
अनसन सुरु गर्नुअघि उनीहरुले सहमति कार्यान्वयनबारे मन्त्रालयसँग जानकारी माग गरेको थियो । मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पठाएको भन्दै निर्णय हुने बताएको थियो । अब पनि माग सुनुवाइ नभए ‘गाँस र बासको चाँजोपाँजो मिलाउन सडकमा भिख माग्न बाध्य भएको छु’, भन्ने ब्यानर बनाएर घरघरमा आर्थिक सहयोग माग्दै हिँडेर सरकारलाई नैतिक दबाब दिने उनीहरुको तयारी छ । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर्न हिजो रत्नपार्कदेखि सिंहदरबारसम्म ¥यालीसमेको आयोजना गरिएको थियो भने भण्डारीलाई ७ वटा संघ संस्थाहरुले एक्यद्धता जनाएको स्वावलम्बन जीवनपद्धति केन्द्र, ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले नेपाल यात्रा न्यूजलाई जनाकारी दिएका छन् ।
प्रस्तुत विषयमा म्याग्दे गाउँपालिका–७ तनहुँ निवासी पूर्ण अशक्त शारीरिक अपाङ्गता भएका व्यक्ति दिपक भण्डारीले नेपाल सरकारले ऐन कानूनमा व्यवस्था भए बमोजिम हक अधिकार र सेवा सुविधाहरु कार्यान्वयन गरीयोस् भनी काठमाडौंस्थित शान्ति वाटिकामा जारी अनिश्चितकालिन अनसनप्रति स्वावलम्बन जीवनपद्धती अवधारणलाई स्थापित गर्न कृयाशिल संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ को पूर्ण कार्यान्वयनको माग गरी म्याग्दे गाउँपालिकामा पटक–पटक धर्ना लगायत संघर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयसम्म पुगेर आफ्नो माग प्रस्तुत गर्दा समेत नेपाल सरकारले वेवास्ता गरेको हुँदा बाध्य भइ मिति २०८० चैत्र ६ गतेदेखि काठमाडौंस्थित शान्ति वाटिकामा जारी राखेको आन्दोलन कमजोर बनाउन सरकारले सहमतिको नाटक मञ्चन गरेको सर्वविधितै छ ।


मिति २०८० चैत्र १४ गते जारी धर्ना स्थगित गराउने नाममा महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयका सह–सचिवको संयोजक्त्वमा गठित ३ सदस्यीय समितिले २०८१ वैशाख १ गतेदेखि देशभरबाट पहिलो चरणमा प्राथमिकिकरण गरी ११ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ को व्यवस्था बमोजिम समुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने सहमती कार्यान्वयनका लागि नेपाल सरकार गैरजिम्मेवार बनेकाले सो सहमती कार्यान्वयन गराउन दिपक भण्डारीले यहि मिति २०८१ बैशाख १८ गतेदेखि शान्ति वाटिकाम पुनः सुरुवात गरेको अनसन (अन्न समेत नखाई) प्रति यस स्वावलम्न जीवनपद्दति अवधारणामा काम गर्ने संस्थाहरुको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कानूनका साथै यस अगाडीका सम्पूर्ण सहमतिहरुको अक्षरस कार्यान्वयनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दै पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति दिपक भण्डारीको जीवनरक्षाका निम्ती हार्दिक अपिल गर्दछ । सभागी संस्थाहरुमा स्वावम्वन जीवनपद्धति केन्द्र, ललितपुर, अपाङ्गता भएका व्यत्तिःहरुका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाडौं, स्वावलम्बन जीवनपद्धति केन्द्र, पोखरा, स्वावलम्बन जीवनपद्धति केन्द्र, मकवानपुर, सामाथ्र्य समाज, बिराटनगर, स्वावलम्बन जीवनपद्धति केन्द्र, कैलाली रहेका छन् ।

Comments are closed.