Online News

अब काठमाडौंमा एमालेको हार स्वीकार्य हुँदैन-ओली

काठमाडौं । काठमाडौंको भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सबै जनालाई पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको समेत बताएका छन् । उनले भने, ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झ¥यो । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं यो स्थितिलाई अनिवार्य बदल्नुछ । एमालेको लागि काठमाडौंमा यो अवस्था स्वीकार्य छैन । एमालेका उद्देश्य, स्पष्ट विचार र पार्टीले गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक पीडादायी छ । यो स्थितिलाई बदल्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ । सत प्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ । प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिती थियो । अहिले हामी कमजोर भएका छौं । यी पक्षमा गम्भिरताका साथ ध्यान दिएर संकल्प पर्नुपर्छ ।’ उनले समय निर्धारण गरेर पार्टी कमिटी निर्माणको योजना बनाएर अघि बढ्न सबै कार्यकर्ता तथा जिल्ला पार्टी कमिटिहरुलाई निर्देशन दिएका छन् ।

Comments are closed.