Online News

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

सुमित्रा धिमाल 

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध ११ दिनअघि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी उच्च स्रोतका अनुसार पूर्वमन्त्री रायमाझी आइतबार साँझ पक्राउ परेका हुन् । उनीमाथि नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा लागको छ ।
शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको संलग्नता खुलाएका थिए ।

Comments are closed.