Online News

कांग्रेसका नेता भण्डारी फर्किए स्वदेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी  स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि भण्डारी आइतबार स्वदेश फर्किएका हुन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका छन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको बताएका छन् । आगलागीमा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।
नेता भण्डारीले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे । नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई उनले अपिल गरे ।

Comments are closed.