Online News

कांग्रेस उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले भोलि विहीबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदैछ । कांग्रेसले आठ मन्त्रालयमा पाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालि मन्त्रालय कांग्रेसले पाउने निश्चित भएको छ ।

Comments are closed.