Online News

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पदाधिकारीसँग अन्तरक्रिया

काठमाडौं । नेपाली कांग्रेसले आगामी दिनको निर्वाचनलाई मध्यनजर गर्दै वडा, नगर, क्षेत्र र जिल्लाका समस्याहरुका बारेमा निल्क्यौल गर्न पार्टीका नेता लागि परेका छन् । यसै अनुसार नेपाली कांग्रेस भीमदत्त नगर कार्य समिति कञ्चनपुरको आयोजनामा कांग्रेसका विभिन्न तहका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा भीमदत्त नगरपालिकाका सम्पूर्ण वडाका पार्टी पदाधिकारी र नगरभित्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेकोे नगर सभापति अच्युत राज कलौनीले नेपाल यात्रा न्यूजलाई बताएका छन् । उक्त कार्यक्रममा वडामा के कस्ता समस्याहरु छन् ? विकासका कार्यहरूको अवस्था कस्तो छ ? हाललाई के कस्ता कार्य गर्न सकिन्छ ? लगायतका बिषयमा छलफल गरिएको समेत कलौनिले जनाएका छन् । केही दिन अगाडी नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर ३ भित्रका नगर र वडामा गएर जनताका गुनासो तथा समस्या सुन्ने कार्यक्रम समेत सम्पन्न भएको उनले बताएका छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक, पुर्व मन्त्री तथा कञ्चनपुर क्षेत्र नं. ३ का सांसद माननीय रमेश लेखक, नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञ राज जोशी, प्रदेश सभा सदस्य बेल बहादुर राना मगर, प्रदेश सभा सदस्य मधु भारती, नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवं भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशी लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधि एवं पार्टीका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

Comments are closed.