Online News

नेपाल यात्रा न्युज डटकमका सम्पादक कार्की सम्पानित

काठमाडौं । नेपाल यात्रा न्युज डटकमका दिनेश कार्की सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औँ अधिवेशनका अवसरमा सम्पादक कार्कीलाई सम्मानित गरेको हो ।
नेपाल यात्रा साप्ताहिकको कार्यकारी सम्पादक समेत रहेका सम्पादक कार्कीलाई युवा पत्रकार सम्मानबाट सम्मानित गरिएको हो । कार्कीलाई सम्मानपत्रले सम्मान गरिएको शाखाका सचिव महेश गौतमले जानकारी दिए । पत्रकार कार्कीलाई महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र लगायतले सम्मान गरेका हुन् । अधिवेशनका क्रममा विभिन्न विद्यामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

Comments are closed.