Online News

नेपाल र युएई भिड्दै

काठमाडौं– आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आईतबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल तथा युएईबीच खेल हँुदैछ ।
नेपालका लागि हरेक खेल अति महत्वपूर्ण भइरहेको अवस्थामा जसरी पनि बाँकी रहेका ३ वटै खेलहरू जित्ने लक्ष्यका साथ मैदानमा उत्रने भएको छ भने युएईले एकदिवसीय मान्यता कायम गर्नका लागि संघर्षमै रहने देखिएको छ । यसअघि शुक्रबार पपुवान्युगिनीसँग हार ब्यहोरेको युएई लिग २ को शीर्ष ३ मा रहेर सिधा विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको अवस्था छ ।
अब युएईले विश्वकप छनोटका लागि प्लेअफ खेल्ने छ । अहिलेसम्म युएईको ३३ खेलमा ३१ अंक रहेको छ । अब युएईले नेपालसँग २ र पपुवान्युगिनीसँग १ खेल खेल्न बाँकी रहेको अवस्था छ । युएई पपुवान्युगिनीसँग लगातार तीन खेलमा पराजय भोगी सकेको छ भने अब नेपालसँगका खेल नेपालको होम ग्राउन्डमा हुने भएकाले युएई निकै अप्ठेरो स्थितिमा रहेको छ ।
कीर्तिपुरको मैदानमा युएईविरुद्ध नेपालको विगत बलियो रहेको छ । टियुमा भएको तीन खेलमा नेपालले २ खेलमा जित हात पार्दा १ खेलमा भने युएई विजयी भएको छ । दुईदेसिय सिरिजका क्रममा नेपाल र युएईबीच तीन खेल भएको थियो । तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो ।
त्यस्तै नेपालको बाँकी खेल २ खेल युएई र १ खेल पीएनजीसँग रहेको छ । नेपाल पछिल्ला ९ खेलमा ८ मा जित हात पार्दै उच्च मनोबलका साथ मैदानमा उत्रिने भएको छ । नेपालले आजको युएईविरुद्धको खेलमा जित हात पारेमा एकदिवसीय मान्यता कायम रहनेछ भने विश्वकप छनोटका लागि खेल्नमा बाँकी रहेका सबै खेलमा जित हात पार्नुपर्नेछ ।
नेपालको अहिले ३३ खेलमा ३४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अंकतालिकामा शीर्ष ३ स्थानमा रहेका टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले बाँकी ३ खेलमा जित हात पारेको खण्डमा नामिबियाको भन्दा धेरै अंकका साथ विश्वकप छनोट खेल्न पाउनेछ । नामिबियाको ३९ अंक रहेको छ ।

Comments are closed.