Online News

पाल्पा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवार राजु सुनार

पाल्पा जिल्ला रामपुर नगरपालिका ७ बाहुन डाडामा जन्मिएका राजु सुनार बिगत लामो समय देखि लोक संगीत मा लाग्दै आउनु भएको छ र पिछडिएको वर्ग तेस्मा पनि दलित वर्गको उत्थानको लागि निरन्तर रूपमा लागिरहने जातीय विभेद अहिले ठूलो समस्याका रूपमा देखिईरहेको छ । जातीयताकै आधारमा बिभिन्न समयमा घटनाहरू घटेका छन् । यसको अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यन्वयन हुन् जरुरी छ ।

समाज परिवर्तनका लागि जातीय विभेद बाधक रहेको हुनाले जातीय विभेद गर्नुहुँदैन र जातीय विभेद गर्दाखेरी के कस्ता सजाय हुन्छन् भनेर समुदायलाई सचेत गराउन आवश्यक छ । जातीय विभेद अन्त्यका लागि मेरो तर्फबाट आफ्नो समुदायका मानिसहरूलाई सचेत गराउन र पीडितको पक्षमा वकालत गर्नेमा मेरो योगदान रहन्छ ।

अहिले पाल्पा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारको रुपमा माछाको चिन्ह सहिद हजुरहरको घर दैलोमा आएको छु । हजुरहरुको माया र साथ सहयोगको अपेक्षा गरेको छु।

Comments are closed.