Online News

पेट्रोल मूल्य प्रतिलिटर १८० रुपैयाँ

काठमाण्डौं/ पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

Comments are closed.