Online News

बिदाप्रति योगेश भट्टराईको टिप्पणी- गणतन्त्र र संविधान दिवसमा मानिँदै आएको छ, अलग बिदा किन ?

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णयप्रति टिप्पणी गरेका छन् ।

सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिए पछि भट्टराईले सामाजिक सञ्जालमार्फत गणतन्त्र र संविधान दिवस मानिँदै आएकोमा फेरि अलग अलग बिदा किन भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै आजको मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि भट्टराईले फरक मत राखेका हुन् ।

‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समष्टी र उच्चतम सफलता तथा गौरवस्वरुप गणतन्त्र र संविधान दिवस मानिँंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुन्’, भटराईले प्रश्न गरेका छन्, ‘फेरि अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक ध्रुविकरणमा नफसाऔं ।’

Comments are closed.