Online News

बेथान्चोकको हर्क भञ्ज्याङ्मा गुरु रिम्पोछे फोटो फिचर

मिनबहादुर तामाङ

काभ्रे । भगवान बुद्धको चौरासी हजार प्रकारको प्रबचन र शिक्षादिक्षालाई सम्पुर्ण मानवजातिमा ल्याइ पु¥याउनु हुने महायान बौद्धधर्मको मुल गुरु, गुरु रिम्पोछेको प्रतिमा (कु) काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक स्थित हर्क भञ्ज्याङमा निर्माण भैरहेको छ ।
यही फगुन २१ गते बौद्ध पराम्परा अनुसार विधिवत शुद्धीकरण शुप्राणप्रतिस्ठान (राब्ने) तथा उद्घाटन हुने उक्त गुरु रिम्पोछेको प्रतिमा भने जिल्लाकै चौरीदेउराली निबासी लामा गुरु लोपेन पाल्साङ लामाले दान गर्नु भएको हो । सानो बुद्धिमान सिङ्तानको माइला छोरा जैमान सिङतानले जग्गा दान गर्नुभएको थियो । नेपाललाई तपोभुमि बनाइ फर्पिङ शेषनारायण गुफा, मुस्ताङ, हलेसी, काभ्रेको तेमाल, चौबास लगाएतको बिभिन्न ठाउँहरुमा ध्यान तपस्या गर्नुभएको थियो । लौकिक÷अलौकिक शक्ति प्रदान गर्नुहुदै विशेषगरि नेपालको हिमाली क्षेत्रहरुमा पशुबलिको अन्त्य समेत गर्नु भएको थियो । रिद्दि शक्तिको कारण गुरु रिम्पोछेप्रतिको श्रद्धा र भक्ति रहदै रहिआएको छ । भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भए त पनि ज्ञान प्राप्ति भारतमा गर्नुभएको थियो । त्यसो त नेपाल, भोट, तिब्बत लगाएत बिस्वको बिभिन्न देशहरुमा बुद्ध दर्शन, त्रिपिटकको सबै ज्ञानहरु एवम् बौद्ध धर्मबिस्तारमा गुरु रिम्पोछेले नै गर्नुभएको भन्दा अन्यथा नहोला ।
छ्योर्तेन टाशी तामाङ गुम्बा जोरपाटीको लामा आले लामा, स्थानीय लामा लोडुप लामा, दावा लामाको विशेष पहल रहनुको साथै स्थानीय समाजसेबी बिरस लामा, बिर बहादुर तामाङ, मुना वाइबा, राजकुमार तामाङ इत्यादि रहेका छन भने बेथान्चोक वडा नम्बर ३ मा पर्ने बोल्देको अधिकांस स्थानीयहरुले श्रमदान गर्नुभएको उक्त प्रतिमा निर्माण गर्न श्रद्धा भावका साथ देशबिदेशमा रहनुहुने बिभिन्न ब्यक्तिहरुले स्व इच्छाले आर्थिक सहयोग गरिरहनुभएको र सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद वडा सदस्य चरिमाया तामाङले दिनुभयो । जिल्लाको सबैभन्दा आग्लो पर्यटकीयस्थल, धार्मिकतिर्थास्थल बेथान्चोक नारायण मन्दिर, गजराम थुम्को झन्डा गाडे समेत सोहि वडामा रहेको जानकारी स्थानीय नेता बिजय योन्जनले बताउनु भयो । बिकाशको पर्खाइमा रहेको, धार्मिक हिसाबले पछाडि परेको जिल्लाको दक्षिणी क्षेत्र बेथान्चोक गाउपालिका ३ बोल्दे भगवान गुरु रिम्पोछेको दर्शन गर्न पाउने भएसि स्थानीयहरु खुसीयाली व्यक्त गरेका छन।निकट भबिस्यमा गुम्बा निर्माण गर्ने हेतुले ज्याछ्योन ङिङ्पो छ्योइलिङ गुम्बा समेत दर्ता गरिसकेकोले यही फगुण २१ गतेको कार्यक्रमको आयोजना समेत गुम्बाले नै गरेको गुम्बाको अध्यक्ष कर्म योन्जनले बताउनु भयो साथै गुम्बा निर्माण गर्न यसरी नै आर्थिक भौतिक साथ र सहयोग गर्नुहुन आव्हान समेत गर्नु भयो। श्रद्धाभावले गुरु रिम्पोछेको प्रतिमा दान गर्नुहुने लामा गुरु लोपेन पाल्साङ लामाको सानिध्यतामा हुने उक्त कार्यक्रममा गाउपालिकाका अध्यक्ष भगवान अधिकारी, वडा अध्यक्ष कुबेर ढकाल स्थानीय जनप्रतिनिधिहरु, बोन्बो, लामा धर्म गुरुहरु, स्थानीय कलाकार, ताम्बा लगाएत अतिथिहरुको उपस्थिति रहने जानकारी प्राप्त भएको छ ।

फोटो चरिमाया तामाङको फेसबुकबाट

Comments are closed.