Online News

भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी

काठमाण्डौं/ शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

निगमको निर्णयविरुद्ध गत चैत ६ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका व्यवसायी डिलरहरूले भोलि अर्थात् चैत १८ गते कुनै पनि पेट्रोलियम पदार्थको ट्याङ्कर लोड/अनलोड नगर्ने र निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने जनाएको छन् ।

Comments are closed.