Online News

मधेस प्रदेश समन्वय परिषद कतारको नेतृत्व पुनः नियाज शेखलाई

रामएकवाल राम
दोहा – हिमाल पहाड तराई कोही छैन पराई, अनेकतामा एकता  भन्ने मुल नारा सहित २०२१ मा स्थापना भएको मधेस प्रदेश समन्वय परिषद कतारको प्रथम राष्ट्रिय एकता महाअधिवेशन सप्पन्न भएको छ।
गत शुक्रबार दोहा कतारको सालिमार रेस्टुरेन्टको सभा हलमा सप्पन्न दुई समूह विच एकता साथै महाअधिवेशनबाट नियाज शेखको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन।
मोहम्मद साकिर अलिको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली राजदुतावास कतारको प्रमुख एव राजदूत महामहिम डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा, एनआरएनए कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातीय संस्थाहरु पत्रकार बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले नेपाललाई बचाउन मधेस प्रदेशका मान्छेहरु ठुलो योगदान रहेकोले सम्पूर्ण मधेशवासीलाई उच्च सम्मान व्यक्त गरेका थिए साथै संस्थाको सम्पूर्ण नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना दिदै फागु पुर्णिामा तथा नयाँ वर्षको सम्पूर्णमा शुभकामना व्यक्त गरेर विदा हुनु भएको थियो।
कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुलाई खादा तथा प्रसंशा पत्रले सम्मान गरेको थियो।विभिन्न जिल्ला, प्रदेश, जातीय संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीहरुले शुभकामना मन्तव्य राखेका थिए।
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा शहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप दिप प्रजलन गरि एक मिनेट मौन धारण गरि कार्यक्रमलाई अगाडि बढाएको थियो।संस्थाका उपाध्यक्षले मन्तव्य राखेको थियो।
कार्यक्रमलाई समापन गर्दै सभापति अलिले संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण सहयोगी तथा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै होलि पर्वको शुभकामना व्यक्त गर्दै समापन गरेका थिए।
संस्थाको महासचिव  श्री तेजिलाल मण्डलले कार्यक्रम सन्चालन गरेका थिए।
नयाँ कार्यसमिति :-

(१) नियाज शेख – अध्यक्ष
(२)साकिर अलि – संरक्षक अध्यक्ष
(३)दुर्गानन्द पासवान – उपाध्यक्ष
(४)प्रकाश यादव – उपाध्यक्ष
(५)कलाम खान – उपाध्यक्ष
(६)शुरेश यादव -उपाध्यक्ष
(७)मोहम्मद मेराजुदिन – उपाध्यक्ष
(८)तेजिलाल मण्डल – महासचिव
(९)शेख शहनवाज- सचीव
(१०)अलि हुसैन राइन – सह सचीव
(११)रामएकवाल राम- प्रेस संयोजक
(१२)आशिक शेख हुसैन – प्रेस सह संयोजक
(१३)चन्द्रविर यादव – प्रवक्ता
(१४)रामबाबू यादव – सल्लाहकार संयोजक
(१५)मोहम्मद तनबीर राजा- सल्लाहकार
(१६)जियाबाबू खान-सल्लाहकार
(१७)गफुर अहमद – सल्लाहकार
(१८)अजाद मन्सुरी- युवा संयोजक
(१९)देविक खडका- महिला संयोजक
(२०)शिवकुमार महतो- सल्लाहकार
(२१)शेख जिकरुला – सल्लाहकार
(२२)लालबाबू राम – कार्यकारी सदस्य
पछि सदस्य थपने संस्थाका अध्यक्ष नियाज शेखले बताउनु भयो।

Comments are closed.