Online News

विद्युतीय सवारी साधन प्रवर्द्धनमा दबाब र्‍याली

काठमाण्डौं/ विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्‍याली आयोजना गर्ने भएको छ । करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्‍याली सुरु हुने जनाइएको छ ।

इन्धनको बढ्दो मूल्यका साथै यसले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गर्न विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्ने इप्पानको मत छ । सरकार तथा सरोकारवाला निकायले विद्युतीय सवारी साधनका लागि विभिन्न नीति ल्याइसक्दा पनि त्यसलाई कार्यन्वयन गर्न ढिलाइ गर्दा विद्युतीय सवारी साधनको प्रयोग बढ्न नसकेको इप्पानको भनाइ छ ।

संघीय सरकार तथा बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा आगामी १० वर्षभित्र प्रदेशका विभिन्न सहरमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी बन्द गरी विद्युतिय सवारी साधन चलाउने घोषणा गरेका थिए ।

तर यसअनुरुप काम नभएको भन्दै दबाब दिन लागिएको इप्पानले जनाएको छ ।

Comments are closed.