Online News

व्हीलचेयर क्रिकेट टोलीको घोषणा

काठमाडौँ । भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

छनोट भएका खेलाडीहरूमा हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरत कार्की छन् । चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलङ्का गरी ४ राष्ट्र सहभागी हुने छन् । पहिलो राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । पत्रकार सम्मेलनमा नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव प्रकाश चिलवाल,  अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट परिषद्का महासचिव रघुकुमार आर, एटीटीएफका अध्यक्ष कुमार पौडेललगायतको उपस्थिति थियो ।

Comments are closed.