Online News

सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याल नियुक्त

काठमाण्डौं/ नेपाल सरकारले सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो। गत मंगलबारको मन्त्रिरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए । गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए । तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात भोलिबाट अनिवार्य अवकाश पाउँदैछन् ।

सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ । अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ ।

Comments are closed.