Online News

सानेपामा दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको सम्झना

काठमाडौं, १३ वैशाख । नेकपा एमालेले मनमोहन अधिकारीको २४औं स्मृति दिवस मनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको शालिकमा माल्यार्पण गरेका छन् ।

सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरे । सो अवसरमा नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो ।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

अधिकारीले २०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका बेलामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरू भएका थिए ।

Comments are closed.