Online News

स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ

सोमबार, ०४ बैशाख २०८०

काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वैशाख १० मा तनहुँ–१ बाट लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् । सोमबार तनहुँ – १ मा तरुण भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस उम्मेदवार भट्टराईसँग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको तुलना हुन नसक्ने बताए ।
‘स्वर्णिम वाग्ले डलर खेतिमा लागेका बेला गोविन्द भट्टराई तनहुँबासीलाई पानी खुवाउन तल्किन हुनुहुन्थ्यो,’ गुरुङले भने, ‘उहाँ अर्को ठाउँबाट यहाँ चुनाव लड्न आउनु भएको होइन । उहाँ यही ठाउँमा जन्मिएर, हुर्किएर तनहुँको बिकासको लागि समर्पित हुनु भएको व्यक्ति हो ।’
विभिन्न आन्दोलनमा योगदान दिएको ऐतिहासिक जिल्ला तनहुँले अन्दोलनबाट उदाएको नेता भट्टराईमाथि न्याय गर्ने उनले बताए । फागुन २५ मा राष्ट्रपति पाएको तनहुँले वैशाख १० मा भट्टराईलाई संघीय संसदमा पठाउने गुरुङले विश्वास व्यक्त गरे ।

Comments are closed.