Online News

एनपी साउद नेविसंघको सभापतिदेखि परराष्ट्र मन्त्रीसम्म

दिनेश कार्की
नारायणप्रसाद (एन.पी.) साउद नेपाली काँग्रेसका युवा नेता हुनुहुन्छ । उहाँ हिजो बैशाख ३ गते परराष्ट्र मन्त्रीमा नियुक्त हुनु भएको छ। उहाँले हिजै शितल निवासमा पद तथा गोपनियताको सपथ खानुभई मन्त्रालय गएर नयाँ जिम्मेवारी सम्हाल्नु भएको छ। साउद यस अघि सुशील कोइराला प्रधानमन्त्री हुँदा ०७० सालमा सिंचाई मन्त्री र त्यसअघि एक पटक ०५७ सालमा शिक्षा राज्यमन्त्री बनिसक्नु भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनु भएका साउद विगत ०५९ सालदेखि काँग्रेसको केन्द्रीय सदस्य रहदै आउनु भएको छ। उहाँ काँग्रेसको १४ औँ महाधिवेशनमा खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमध्ये दोस्रो लोकप्रिय मत ल्याएर विजयी बन्नु भएको थियो ।
साउद ०४३ सालमा उपसभापति र ०४८ सालमा नेविसंघको केन्द्रीय सभापति हुनु भएको थियो। उहाँ नेविसंघको ५ वर्ष अध्यक्ष बन्नु भयो,त्यसपछि काँग्रेस पार्टीमा विभिन्न समिति सदस्य,सचिव भएर काम गर्नु भयो। ०५९ मा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेस विभाजित भएर बनेको काँग्रेस (प्रजातान्त्रिक) मा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो । काँग्रेस प्रजातन्त्रिकको ११औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित हुनु भएका साउद ०६४ मा नेपाली काँग्रेस र काँग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो।


काँग्रेसको एकीकरणपछिको १२औँ,१३औँ र १४ ओैं महाधिवेशनमा पनि उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । ०५६ सालको आम निर्वाचनमा कञ्चनपुर २ बाट सांसद बन्नुभएको थियो। यस्तै ०७० को चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट सांसद बन्नु भएको थियो। ०७४ को आम निर्वाचनमा भने उहाँ वाम गठबन्धनसँग पराजित हुनुभयो । २०७९ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य जित्नु भएको थियो। नेपाली काँग्रेसमा उदीयमान नेताको छवि बनाउनु भएको छ। साउद वैचारिक,सैद्वान्तिक,इमान्दार,मेहनेती,क्षमतावान,आफ्नो अडानमा बस्ने,जुझारू,संघर्षशिल, सकृय,कुशल, व्यवहारवादी र विकासवादी नेता हुनु हुन्छ।
पेसा, काम, समाजसेवा जे भने पनि उहाँको काम राजनीति गर्नु हो । विद्यालय पढदा अतिरिक्त क्रियाकलापमा भाग लिने, पुरस्कार जित्ने भएकाले पनि उहाँ सानैदेखि विद्यार्थी संगठनमा लाग्नु भयो।
२०३६ पछि नेपाल विद्यार्थी संघसँग आवद्व भएर विद्यार्थी राजनीतिमा लाग्नु भयो । स्कुलमा नेपाल विद्यार्थी संघको सचिव, कलेजमा स्ववियुको सचिवमा निर्वाचित हुनु भयो। त्यसपछि जिल्ला कमिटीको सदस्य हुँदै २०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा बनेको नेविसंघको केन्द्रीय सदस्य बन्नु भएको थियो ।
०४३ मा बालकृष्ण खाँण नेविसंघको सभापति हुँदा साउद नेविसंघको उपसभापति र ०४८ सालमा नेविसंघको सभापति बन्नु भएको थियो । यसरी क्षमता हुँदाहुँदै पनि पार्टीको गुटगत राजनीतिले गर्दा नेविसंघका सभापति बालकृष्ण खाँण र एनपी साउद पार्टी नेतृत्वमा पछि पर्नु भएको छ। उहाँहरू भन्दा पछि नेविसंघको सभापति भएका धनराज गुरूङ कांग्रेसको उपसभापति,विश्वप्रकाश शर्मा महामन्त्री र नेविसंघको महामन्त्री भएका गगनकुमार थापा काँग्रेसको महामन्त्री भैसकेका छन। काँग्रेसको आगामी महाधिवेशनमा खाँण र साउद नै उपसभापतिमा उठनु पर्ने सुझाव दिन थालेका छन।
एनपी साउदले २०३६ देखि नेपाल विद्यार्थी संघसँग जोडिएर ५० सालसम्म विद्यार्थी राजनीति गर्नु भयो।उहाँ नेविसंघका बैचारिक,सिद्वान्तनिष्ठ,सकृय,इमान्दार, मेहनति,सरल र सहज नेता हुनुहुन्थ्यो । स्कुलमा नेपाल विद्यार्थी संघको सचिव हुनुहुन्थ्यो, कलेज पढ्दा स्ववियुको सचिव पनि बन्नु भयो। त्यसपछि जिल्ला कमिटीको सदस्य हुँदै २०४१ मा बलबहादुर केसीको नेतृत्वमा बनेको नेविसंघको केन्द्रीय सदस्य निर्वाचित हुनु भयो। ०५३ मा विद्यार्थी राजनीतिबाट बिदा लिएर नेपाली काँग्रेसको राजनीतिमा लाग्नु भयो। उहाँ २०४८ मा काँग्रेसको युवा विभागको सदस्य हुनु भएको थियो। साउदले ०७० को दोस्रो संविधान सभा निर्वाचनमा कञ्चनपुरको क्षेत्र नं १ बाट सांसद भएर सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री हुनु भएको थियो। सिंचाई मन्त्रीका रूपमा उहाँले कन्काई सिंचाई,सुनसरी मोरङ सिंचाई,चन्द्र नहर,कोशी पम्प नहर,कमला सिंचाई,बागमति सिंचाई,राप्ती सिंचाई, गण्डक सिंचाई,सिक्टा सिंचाई,बंबई सिंचाई,भेरि ड्राइभर्सन सिंचाई,रानी जमरा कुलेरिया सिंचाई र महाकाली सिंचाई आयोजना जस्ता सिंचाई आयोजना अगाडि बढाउन, कमाण्ड क्षेत्र विस्तार गर्न, सिंचाई कुलोको मर्मत सम्भार गर्न तथा भुमिगत स्यालो टयुवेल,डिप टयुवेल सिंचाईका माध्यमबाट तराई मधेसका खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुरयाउने,पहाडी क्षेत्रमा साना तथा मझौला सिंचाई आयोजना अगाडि बढाउने काम गर्नु भएको थियो। यसैगरि तराईमा बाढी,डुबान र नदी कटानको समस्या समाधान गर्न तटबन्ध निर्माणको योजना ल्याई बाढी,डुबान,कटानका समस्या कम गराउनु भएको थियो।
साउद २०६१÷०६२ सालदेखि निरन्तर पाँच कार्यकाल नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँदै आउनु भएको छ । उहाँ राजनीतिमा समाज बदल्ने, समाजलाई दिशा निर्देशन, रूपान्तरण गर्ने, सुख, समृद्धि दिने र मानिसलाई स्वतन्त्रता दिनका लागि लाग्नु भएको थियो । उहाँ राजनीतिमा जनताको सुख र समृद्धिका लागि जहिल्यै पनि लागि रहनु भएको छ। नेपालको ठूलो जनसंख्या अहिले पनि दुःख, पीडा र वेदनामा छन । राजनीति उहाँले जे सोच्नु भएको थियो, पछि उहाँले त्यस्तो पाउन सक्नु भएको छैन । राजनीति सीधा बाटोमा लाग्दो रहेनछ भन्ने उहाँलाई लाग्ने गरेको छ । राजनीति अहिले व्यापारिक, क्यारियर ओरेन्टेड भएको जस्तो उहाँलाई लाग्न थालेको छ ।
उहाँ पटक– पटक जेल बस्नु भयो। पञ्चायती व्यवस्थामा जेल जानू स्वभाविक थियो तर ०६१ माघमा राजाले शासन आफ्नो हातमा लिएर निरंकुश शासन चलाएपछि पनि उहाँ हिरासतमा पर्नु भयो। सेना र पुलिसले दुख दिए। उहाँ आफू जेल गएको, ढुङ्गा हानेको विकृति र विसंगती राजनीतिका लागि होइन भन्नुहुन्छ । अहिलेको राजनीतिमा दुःख, पीडा, निरासा रहेको र यसलाई । बदल्न सकिने आस लागिरहेको बताउनु हुन्छ । राजनीति व्याक्ति केन्द्रीत र व्यावसायिक हुँदै गएकोमा साउद चिन्तित हुनु हुन्छ। आफू मात्र बन्नु राजनीति होइन भन्ने उहाँको मान्यता छ। लोकतान्त्रिक विचार,सिद्वान्त,मुल्य– मान्यता अनुसार देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने उहाँको मान्यता रहदै आएको पाइन्छ।
साउद आम नेपालीले खाने खाना दाल, भात, तरकारी र विशेष गरि थकाली खाना मनपराउनु हुन्छ । माछा, मासु पनि मनपराउनु हुन्छ। कहिलेकाही चाइनिज, कोरियन, कन्टिनेन्टल खाना पनि खानु हुन्छ । साथीभाइ, परिवार र आफन्तसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा हाँलाई मनपर्ने खाना मम हो । विद्यार्थी जीवनमा उहाँ आफै खाना पकाउनु हुन्थ्यो तर अहिले भने पकाउनु हुन्न,खाना पकाउने फुर्सद पनि उहाँलाई हुँदैन ।
फिट्नेसका लागि उहाँ मर्निङवाक गर्नुहुन्छ। पहिले हेल्थ क्लब पनि जानुहुन्थ्यो । अहिले बेफुर्सदले जानू हुन्न। अहिलेकहिले काहीँ रामदेवको योगा पनि गर्नु हुन्छ । भारतको हरिद्वार पुगेर एक साता योगा प्रशिक्षण पनि लिनु भएको छ । दैनिक घरमा ट्रेडमिलमा एक्सरसाइज भने गर्नु हुन्छ ।
साउद सामान्यतया सर्टपाइन्ट, ट्रयाकसुट, टिसर्ट लगाउन मनपराउनु हुन्छ । विशेष कार्यक्रम, सरकारी काम र संसद्का लागि दौरासुरुवाल लगाउनु हुन्छ । हरियो उहाँको मनपर्ने पहिरन हो । घरमा बस्दा उहाँ सजिलो र सहज पहिरन प्रयोग गर्नु हुन्छ । विद्यार्थी जीवनमा पहिरन सिलाएर लगाउनु हुन्थ्यो । अहिले भने रेडिमेट र ब्रान्डेड खोज्नु हुन्छ ।
साउद इतिहास र फिलोसफी पढ्न रुचाउनु हुन्छ। पत्रपत्रिका र अनलाइनका समाचार नियमित पढनु हुन्छ । जीवनी, इतिहासमा पनि उहाँको रुचि छ । उहाँ यात्राको क्रममा पनि पढनु हुन्छ । हवाई यात्रा गर्दा किताब लिएर जानु हुन्छ । उहाँले भारतको मुगल शासनको इतिहास, नेहरूको ‘माई स्टोरी’ जस्ता दर्जनौ विदेशी किताब पनि पढनु भएको छ।घरमा लाइब्रेरी नभएपनि किताब खोजीखोजी पढनु हुन्छ,साथै पुस्तक कलेक्सन पनि गर्नु हुन्छ ।
साउद पहाड, पर्वत, नदी, तालतलैया, समुद्री किनारजस्ता मनोरम ठाउँमा घुम्न मनपराउनु हुन्छ । नेपालका प्रायः सबै जिल्ला घुम्नु भएको छ। विदेशका २६ राष्ट्र भन्दा बढी देश घुम्नु भएको छ। युरोप, अफ्रिका, अरब, जापान, कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत देश घुम्नु भएको छ । अमेरिका र युरोप उहाँलाई मनपर्ने देश हुन।


साउदलाई राजनीतिले गर्दा फुर्सद कमै हुन्छ । उहाँ दैनिक सामाजिक, राजनीतिक र साथीभाइ लगायतको काम र भेटघाटमा अति व्यस्त हुनुहुन्छ । नेविसंघको अध्यक्ष भएकाले पनि होला उहाँकहाँ देशभरीका साथीभाइ कामहरू लिएर आउँछन् । धेरैभन्दा धेरै मानिसलाई सघाउने उहाँको इच्छा छ । त्यसैले उहाँ सधै व्यस्त हुनुहुन्छ ।
साउद सानोमा कबढी, ब्याडमिन्टन, कलेज जीवनको सुरुवातमा चेस खेल्ने गर्नु हुन्थ्यो । अहिले टीभीमा फुटबल, क्रिकेट लगायतका चर्चित गेम हेर्नुहुन्छ । मन्त्री साउद एप्पल ब्रान्डको मोबाइल चलाउनु हुन्छ । अहिलेसम्म उहाँले जति मोबाइल बोक्नु भयो यही एप्पल ब्रान्डकै बोक्नु भयो । मोबाइलमा उहाँ धेरैथरी चलाउन जान्नु हुन्न,तर चलाउने कोसिसभने गरिरहनु हुन्छ। मोबाइलमा फोन गर्ने, उठाउने, फोटो खिच्ने, फेसबुक,ट्वीटर,टिकटक लगायत सामाजिक सञ्जाल प्रयोग गर्नु हुन्छ।
मन्त्री साउद प्रायः साँझको समयमा टिभी हेर्न रूचाउनु हुन्छ । उहाँले टीभीमा धेरै हेर्ने समाचार हो, त्यसपछि जोग्राफी च्यानल हेर्नुहुन्छ,कहिलेकाही छोराछोरीहरूसँग सगै बसेर कमेडीका कार्यक्रम, सिरियलसमेत हेर्नु हुन्छ। अहिले पनि पुराना कलाकारले अभिनय गरेको टीभीका कमेडी कार्यक्रम हेर्ने गर्नु हुन्छ ।
मन्त्री साउद फिल्म धेरै कम हेर्नुहुन्छ, केटाकोटी, परिवारलेसँगै राम्रो चलेको,पारिवारिक र घरायसी वातावरणले भरिएको फिल्म हेर्नु हुन्छ । फिल्म हेर्दा हलमै टिकट काटेर हेर्नु हुन्छ। उहाँले धेरै हेर्ने फिल्म हिन्दी हो । नेपाली पनि राम्रो आयो भने कहिलेकाही हेर्नुहुन्छ । सामाजिक विषयमा बनेका फिल्म उहाँलाइ बढी मनपर्छ ।
विषयवस्तुमा केन्द्रित रहेर सीधा तरिकाले गरेको भाषण उहाँलाई बढी मनपर्छ । भाषण दिँदा प्रस्तुति कलात्मक हुनुपर्छ,श्रोताको ध्यान आफूतिर खिच्न सक्नुपर्छ । कतिपयले एग्रेसिभ भाषणसमेत गर्छन् । त्यस्तो भाषण उहाँलाई मनपर्दैन । उहाँ आफू पनि त्यस्तो भाषण गर्नुहुन्न । माइकमा चिच्याएर गरेको भाषण उहाँलाई मनपर्दैन । साउदलाई श्रोताको ध्यान खिच्दै उतारचढावमा बगेको भाषण ठीक लाग्छ । उहाँले पहिले भाषणमा आफ्नो कुरा राख्न ध्यान दिनुहुन्थ्यो तर अहिले भने मानिसको सोच र ध्यान केमा छ त्यो सबै विचार गरेर भाषण गर्नु हुन्छ । पेसा, काम, समाजसेवा जे भने पनि उहाँको काम राजनीति गर्नु हो । विद्यालय पढदा अतिरिक्त क्रियाकलापमा भाग लिने, पुरस्कार जित्ने भएकाले पनि उहाँ सानैदेखि विद्यार्थी संगठनमा लाग्नु भयो ।

Comments are closed.