ऐतिहासिक जितेकी पलेशालाई काठमाडाैं महानगरले दियो ५ लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । मेयर बालेन शाह र उपमेयर सुनिता डंगाेलकाे उपस्थितिमा महानगरले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
साथै कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जनाएको छ । पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी छन् ।
Comments are closed.