बलियो भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा निकै खराब प्रदर्शन गरेको नेपालले आज दोश्रो खेलमा सुधारिएको प्रदर्शन गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र २ गोल खाएको नेपाल २-० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५-१ ले पराजित भएको नेपाल ७-१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहिरियो ।
त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् ।
तर केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न भने नेपालले सकेन । खेलको ३० औं मिनेटमा विमला चौधरीले मिलाएको पासमा सावित्रा भण्डारीले गरेको प्रहार गोलरक्षकले बचाइन् ।
खेलको ३९ औं मिनेटमा सरुले दिएको लङ पासमा सावित्रा भण्डारीले गरेको सटअन तार्गेट पुन किपरले उत्कृष्ट बचाउ गरिन् ।
दोस्रो हाफमा नेपालले गोलकिपर परिवर्तन गरियो । एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगर मैदान प्रवेश गरिन् ।
खेलको ६६औं मिनेटमा पेनाल्टी बक्समा विमला चौधरीले दिएको पासमा दिपा शाहीको प्रहार पहिलो बारमा लाग्दै बाहिरिएको हो ।
खेलको ८७ औ मिनेटमा सरुले दायाँ कर्नरमा दिएको पास विमला चौधरीले समयमा सदुपयोग नगर्दा भियतनामका डिफेन्डरले क्लियर गरिदिए ।
Comments are closed.