साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज
काठमाण्डौं/ साइबर अपराधसम्बन्धी लघु चलचित्र ‘अनुष्का’ बिहीबार रिलिज हुने भएको छ । दिउँसो ४ बजे महसञ्चार युट्युव च्यालनमा यो लघु चलचित्र रिलिज हुनेछ । ‘अनुष्का’मा महजोडी एवं वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित अन्य कलाकारको अभिनय रहेको छ ।
साइबर अपराध सम्बन्धी जनचेतना फैलाउन यो लघुचलचित्र तयार पारिएको निर्माण टोलीले जानकारी दिएको छ । कलाकारिताको माध्यमबाट समाजमा जनचेतना फैलाउँदै आएका महजोडीले दुई हप्ताअघि ‘हुण्डी’ नामको लघु चलचित्र सार्वजनिक गरेका थिए ।
विशेषगरी विदेशबाट गैरकानूनी रूपमा पैसा पठाउँदा के कस्ता समस्या हुन्छन् भन्ने विषयमा केन्द्रित ‘हुण्डी’ले समाजमा सकारात्मक प्रभाव पारेको छ । त्यसअघि चेलिबेटी बेचबिखनको कथालाई समेटेर बनाइएको निर्माण गरिएको ‘कर्कलो कोक्याउला’ बोलको गीतले पनि विशेष चर्चा पाएको थियो ।
Comments are closed.