राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने बचत पत्रको ब्याजदर ११ प्रतिशत
काठमाण्डौं/ बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाट बचत पत्र किन्दा उक्त दरमै ब्याज पाइने भएको छ । यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो । …