Online News

देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको उनले बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो ।
मन्त्री साउदले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले समाधानका लागि प्रतिबद्ध रहेको बताए । आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने उनले बताए । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उनले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए ।
मन्त्री साउदले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्दा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए ।

Comments are closed.