अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्न खोजियो : एमाले सचेतक पदम गिरी
सुमन सुवेदी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले झापामा आयोजित कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने क्रममा अवाञ्छित गतिविधि गरिएको बताए ।ओली बुधाबर मात्रै झापा गएका छन् । पार्टीका कार्यक्रममा सहभागी हुन उनी झापा गएको र झापाको बुधाबारेमा आयोजित कार्यक्रममा सत्तापक्षका राजनीतिक दलका कार्यकर्ताले त्यस्तो गरेको गिरीको आरोप छ ।
शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको गिरीको भनाइ छ । उनले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइन ? जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहनुपर्ने कुनै जरुरत छैन,’ उनले भने । एमाले अध्यक्ष ओली केही दिनका लागि पूर्वी नेपालमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गएका छन् ।
Comments are closed.