
- Advertisement -

- Advertisement -
काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पुराना र पाका नेताहरूको भीडमा एक २९ वर्षीया युवा इन्जिनियरको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट ‘महिला खुल्ला क्लस्टर’ तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिकी छिन । एमालेका बृतका नेताहरुको ध्यान नै उनी गौतममाथि परेको छ । अहिलेको माग पनि जेनजी भएकाले पनि होला उनीमाथि सबैको ध्यान गएको छ ।
झापा स्थायी घर भएकी एलिसा जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भिड्ने सबैभन्दा कान्छी उम्मेदवार (२९ वर्ष) हुन् । पेसाले आर्किटेक्ट इन्जिनियर र अर्बन प्लानर रहेकी गौतम प्राविधिक क्षमता र राजनीतिक संगठन दुवैमा अब्बल मानिन्छिन् । एलिसाको राजनीतिक यात्रा क्याम्पसको कक्षाकोठाबाट सुरु भएको हो । काठमाडौँ इन्जिनियरिङ कलेजमा अध्ययनरत रहँदा उनी सुरुमा क्याम्पस कमिटी सदस्य र कोषाध्यक्ष भइन् । विद्यार्थी माझ लोकप्रिय गौतम २०७३ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भइन् । विद्यार्थी राजनीतिमा आफूलाई निखार्दै लगेकी उनी अनेरास्ववियु (अखिल) को केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेकी छिन् । अखिलको रचनात्मक विभागको सचिव भएर काम गरिसकेकी एलिसाले अखिलको २३औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा उम्मेदवारी समेत दिएकी थिइन्।
विद्यार्थी राजनीतिसँगै उनी पेसागत संगठनमा पनि उत्तिकै सक्रिय छिन्। ‘प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल’को झापा जिल्ला कमिटी सदस्यबाट पेसागत राजनीति सुरु गरेकी उनी पिनको केन्द्रीय सदस्य हुँदै हाल सचिवालय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन्। राजनीतिमा मात्र नभई एलिसा पढाइमा पनि अब्बल छिन्। आर्किटेक्ट इन्जिनियर रहेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘अर्बन प्लानिङ’मा स्नातकोत्तर गरेकी छन्। सहरी विकास र योजनामा विज्ञता हासिल गरेकी युवा इन्जिनियर गौतमले एमालेको नीति निर्माण तहमा प्राविधिक र युवामैत्री दृष्टिकोण स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। अध्यक्ष ओलीको रोजाइमा परेकी उनी एमालेको केन्द्रीय कमिटीमा ‘कान्छी सदस्य’ को रूपमा इन्ट्री मार्ने दाउमा छिन्।

- Advertisement -

